कम्पनीले यस वर्ष १ दशमलव ७५ प्रतिशत बोनस शेयर र ९ दशमलव ८० प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १४ करोड ३३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ९६ लाख थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ६२८ प्रतिशतले वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चूक्तापूँजी रू. ८१ करोड ८१ लाख छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ३५ दशमलव शून्य ५ छ । सोमवार कम्पनीको शेयरमूल्य रू. २६२ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र ठूलो शरीरको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन ७४ दशमलव ८३ विन्दुमा छ । यसले शेयर खरीद चाप बढिरहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ८२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा १४ दिने औसत मूल्यरेखाले २६ दिने औसत मूल्यरेखालाई तलबाट काटेर माथि लागेको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. २६२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १९६ मा टेवा पाउने देखिन्छ । कम्पनीको हालको शेयरमूल्य ६२ दिन यताकै उच्च मूल्य हो ।