यस कम्पनीले चालू आवको पुस मसान्तसम्म गत वर्षको तुलनामा १२ दशमलव ४७ प्रतिशत बढी नाफा गरेको छ । गत वर्ष रू. ६ करोड ४ लाख ५४ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७९ लाख ९७ हजार खुद नाफा गरेको हो । यस वर्ष २ दशमलव ३५ प्रतिशत बोनस शेयरमार्फत चूक्तापूँजी रू. ८२ करोड ९० लाख ३५ हजार पुर्याएको कम्पनीको जगेडा कोष ५ दशमलव ७५ प्रतिशत बढेर रू. २१ करोड ६६ लाख १० हजार कायम भएको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४० छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ ले बढेर रू. १६७ कायम भएको छ ।
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन छोटो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई माथिदेखि काटेर तल गएको छ भने २६ दिने मूल्यरेखासँग जोडिएको छ । सोमवारको शेयरमूल्य रू. १६७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १६५ मा टेवा र महँगिएमा रू. १७६ मा प्रतिरोध पाउने देखिन्छ ।