ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, २० फागुन २०७६)

Mar 3, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा २० दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. ४ करोड ५१ लाख नाफा कमाएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ७५ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. ८२ करोड ३३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १६ करोड ७५ लाख छुट्याएको छ । त्यस्तै, शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको फागुन १६ गते सम्पन्न वार्षिक साधारणसभाले सो लाभांश पारित गरेको हो । सोमवार कम्पनीको शेयरमूल्य रू. १४६ कायम रहेको छ ।

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन पुच्छर भएको कालो मैनबत्ती चित्र बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव १७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई माथिबाट काटेर तल झरेको छ । सोमवारको शेयरमूल्य रू. १४६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १५६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १४४ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)