ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, २० फागुन २०७६)

Mar 3, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

यस कम्पनीले चालू आवको पुस मसान्तसम्म गत वर्षको तुलनामा १२ दशमलव ४७ प्रतिशत बढी नाफा गरेको छ । गत वर्ष रू. ६ करोड ४ लाख ५४ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७९ लाख ९७ हजार खुद नाफा गरेको हो । यस वर्ष २ दशमलव ३५ प्रतिशत बोनस शेयरमार्फत चूक्तापूँजी रू. ८२ करोड ९० लाख ३५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष ५ दशमलव ७५ प्रतिशत बढेर रू. २१ करोड ६६ लाख १० हजार कायम भएको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ४४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४० छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ ले बढेर रू. १६७ कायम भएको छ ।

कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन छोटो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई माथिदेखि काटेर तल गएको छ भने २६ दिने मूल्यरेखासँग जोडिएको छ । सोमवारको शेयरमूल्य रू. १६७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १६५ मा टेवा र महँगिएमा रू. १७६ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)