ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेस्ट इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २१ फागुन २०७६)

Mar 4, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजार चुक्तापूँजी पु¥याएको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महीनामा रू. ५ करोड ६९ लाख ३९ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा रू. २ करोड ५१ लख ६६ हजार रहेको थियो । यस वर्ष कम्पनीले कुल बीमाशुल्क आर्जन रू. ४८ करोड ६२ लाख ४३ हजार गरेको छ । यो रकम गत वर्ष रू. ३८ करोड ९८ लाख ५७ हजार थियो । कम्पनीले रू. ९ करोड २५ लाख ८६ हजार दाबी भुक्तानी गरेको छ । यस वर्ष ५१ हजार ५५८ बीमालेख जारी भएको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. १० दशमलव ३९ रहेको कम्पनीको मंगलवारको कारोबारमा अन्तिम शेयरमूल्य रू.२४ ले बढेर रू. ४३१ कायम भएको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ५१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २७ दशमलव ६४ विन्दुमा छ । उतारचढाव न्यून छ । यसले जोखिम र प्रतिफलको अवस्था पनि न्यून रहेको बुझाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २७ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक भएका छन् । हालको मूल्यरेखाले दुवै रेखालाई माथिदेखि काटेर तल गएको छ । मंगलवारको शेयरमूल्य रू. ४३१ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४०७ मा टेवा र महँगिएमा रू. ४९४ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)