ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २१ फागुन २०७६)

Mar 4, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले बीमा समितिको निर्देशनमा लाभांश परिमार्जित गर्दै ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको माघ २१ गतेको निर्णयबमोजिम यसअघिको पुस १५ गते गरिएको निर्णयबमोजिम ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव परिमार्जित भएको हो । हाल कम्पनीको चूक्तापूँजी रू. १ अर्ब २ करोड ७२ लाख रहेको छ । यस वर्षको दोस्रो त्रैमासमा रू. ७ करोड १८ लाख ५० हजार खुद नाफा गरेको कम्पनीले रू. ६९ करोड ६६ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यस वर्ष कम्पनीले २९ हजार ९३२ बीमालेख जारी गरेको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९९ रहेको कम्पनीको अन्तिम शेयरमूल्य मंगलवार रू. १६ ले वृद्धि भई रू. ४३५ कायम भएको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन लंगलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य घट्ने र बढ्नेमा अन्योलताको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५३ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ७६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई माथिदेखि काटेर तल गएको छ भने २६ दिने मूल्यरेखासँग जोडिएको छ । मंगलवारको शेयरमूल्य रू. ४३५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४१९ मा टेवा र महँगिएमा रू. ४८१ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)