ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २१ फागुन २०७६)

Mar 4, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले २२औं वार्षिक साधारणसभा फागुन २४ गते बोलाएको छ । यस वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणतर्फ २ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले हाल कायम रू. १ अर्ब २ करोड ६ लाख चूक्तापूँजीको आधारमा लाभांश दिन लागेको हो । दोस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड ६५ लाखभन्दा बढी नाफा गरेको छ । यस अवधिमा कम्पनीले रू. ६७ करोड ५४ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. २ ले बढेर रू. ४६५ कायम भएको छ ।

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५१ दशमलव ५३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव ४५ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई माथिदेखि काटेर तल गएको छ भने २६ दिने मूल्यरेखासँग जोडिएको छ । मंगलवारको शेयरमूल्य रू. ४६३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४२५ मा टेवा र महँगिएमा रू. ५३० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)