कम्पनीले यस वर्षका लागि ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गरिरहेको छ । फागुन १४ देखि २१ गतेसम्मका लागि अवितरित सर्वसाधारणतर्फबाट ९९ हजार ७२६ कित्ता शेयर लिलामीमा विक्री खुला गरिएको हो । हाल कम्पनीको चूक्तापूँजी रू. ८८ करोड रहेको छ । दोस्रो त्रैमाससम्म रू. ७ करोड ७२ लाख खुद नाफा गरेको कम्पनीले रू. ६१ करोड ८१ लख बीमाशुल्क आर्जन गरेको छ । मंगलवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ८ ले बढेर रू. ५३३ कायम भएको छ ।
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्सलको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५४ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २३ दशमलव ४८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई माथिदेखि काटेर तल गएको छ भने २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ५३३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ५२५ मा टेवा र महँगिएमा रू. ५९० मा प्रतिरोध पाउने देखिन्छ ।