कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्दा ८४ प्रतिशत बोनस पारित गराएको कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लागि भने लाभांश प्रस्ताव गर्न नसक्ने बताएको हो । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार पर्दा मुनाफाबाट लाभांश वितरण गर्न नमिल्ने भएको जानकारी कम्पनीले गराएको छ । कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा गत वर्षको भन्दा ५१ प्रतिशतले नाफा बढाएको छ । यस वर्ष कम्पनीले रू. ८ करोड ९३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ८८ लाख थियो । कम्पनीको चूक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख छ । मंगलवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. १८ ले बढेर रू. ६४३ कायम भएको छ ।
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५२ दशमलव ९४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४२ दशमलव ९९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । मंगलवारको शेयरमूल्य रू. ६४३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६२५ मा टेवा र महँगिएमा रू. ७४० मा प्रतिरोध पाउने देखिन्छ ।