ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २१ फागुन २०७६)

Mar 4, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड २ लाखभन्दा बढी नाफा गरेको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ७४ लाख थियो । कम्पनीको चूक्तापूँजी रू. १ अर्ब २ करोड ८० लाख छ । कम्पनीले २४० प्रतिशत हकप्रद शेयर जारी गरी चूक्तापूँजी बढाएको हो । दोस्रो त्रैमाससम्म जगेडा कोषमा रू. १० करोड ३२ लाखभन्दा बढी रकम कायम भएको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा रू. ३३ करोड ६२ लाख जम्मा भएको हो । यस वर्ष रू. ३५ करोड ६८ लाख बीमाशुल्क आर्जन गरेको  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ९४ रहेको छ । मंगलवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. २५ ले बढेर रू. ४०३ कायम भएको छ । 

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन ड्रागन फ्लाइ डोजी बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने वा बढ्नेमा अन्योल रहेको संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४७ दशमलव २४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २५ दशमलव ३८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ४०३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३७८ मा टेवा र महँगिएमा रू. ४५३ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)