ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छ्याङदी हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, २२ फागुन २०७६)

Mar 5, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ३० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २७ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले सो अवधिमा विद्युत् विक्रीबाट रू. ३ करोड ५७ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड २२ लाख थियो । कम्पनीको चूक्तापूँजी रू. २८ करोड ३५ लाख रहेको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ९९ कायम भएको छ । 

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ  । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन यस अवधिसम्म ५५ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ९९ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९५ मा टेवा पाउने र महँगिएमा रू. १०३ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)