ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन ऊर्जा विकास कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, २२ फागुन २०७६)

Mar 5, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


गत आवको दोस्रो त्रैमासमा रू. ५ लाख १६ हजार ऋणात्मक रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २१ लाख ६० हजार नाफा कमाएको छ । कम्पनीको चूक्तापूँजी रू. ९९ करोड रहेको छ । हालसम्म कम्पनीले विद्युत् उत्पादन शुरू गरेको छैन । कम्पनीले २०७५ चैत २० गते देखि २०७६ वैशाख १९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पूर्वतयारी भएको पनि कम्पनीले प्रकाशित वित्तीय विवरणमार्फत जानकारी गराएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १०२ कायम भएको छ । 

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन यस अवधिसम्म ४१ दशमलव २७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १६  विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १०२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९६ मा टेवा पाउने र महँगिएमा रू. १०९ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)