ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानी खोला हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, २२ फागुन २०७६)

Mar 5, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले विद्युत् विक्रीबाट दोस्रो त्रैमाससम्म रू. २ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा भने घटेको हो । गत वर्ष सो अवधिसम्म कम्पनीको विद्युत् विक्री आम्दानी रू. ३ करोड ६२ लाखभन्दा बढी थियो । कम्पनी अझै रू. ६ करोड ६८ लाख ९७ हजार घाटामै रहेको छ । गत वर्षभन्दा यस वर्ष घाटा भने कम भएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनी रू. ७ करोड १७ लाख ४५ हजार घाटामा थियो । कम्पनीको जगेडा कोष पनि रू. ५० करोड ऋणात्मक देखिन्छ । रू. ४६ करोड ५७ लाख १४ हजार चूक्तापूँजी भएको कम्पनीको बुधवार अन्तिम शेयरमूल्य रू. २ ले घटेर रू. ५८ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिन लंगलेग्ड डोजी मैनबत्ती आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने र बढ्नेमा निश्चित संकेत गर्दैन । आरएसआई न्यूट्रल जोन ५४ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक भएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ५८  देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ५२ मा टेवा र महँगिएमा रू. ६२ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)