ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ङादी ग्रूप पावर : कम्पनी विश्लेषण (बिहीवार, २२ फागुन २०७६)

Mar 5, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यही फागुन २७ गते छैटौं वार्षिक साधारणसभा गर्न लागेको यो कम्पनीले १० प्रतिशत नगद लाभांशको प्रस्ताव पनि सभामा पेश गर्दैछ ।  साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको छ । फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४१ लाखभन्दा बढी नाफा गरेको छ । विद्युत् विक्रीबाट यस अवधिमा कम्पनीले रू. ८ करोड ४७ लाखभन्दा बढी आम्दानी गरेको छ । जगेडा कोषमा रू. १० करोड ८९ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४८ रहेको कम्पनीको बुधवारको अन्तिम शेयरमूल्य रू. ५ ले घटेर रू. ११७ कायम भएको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन ब्ल्याक ओपनिङ मारुबोजु आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट््यान्डर्ड डेभिएशन ७ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ११७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १४९ मा प्रतिरोध र सस्तिएमा रू. ११० देखि ११५ मा टेवा पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)