कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २८ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २२ करोड ९६ लाख नाफा कमाएको थियो । चालू आवको दास्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. ५२ करोड ७६ लाख आम्दानी गरेकाले नाफा बढेको हो । चूक्तापूँजी रू. २ अर्ब ३२ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ८२ करोड ३७ लाख छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ४० छ । बुधवार कम्पनीको शेयरमूल्य रू. २१८ कायम भएको छ ।
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई ओभरबोट जोन यस अवधिसम्म ४५ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ४६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. २१८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १९५ मा टेवा पाउने र महँगिएमा रू. २३० मा प्रतिरोध पाउने देखिन्छ ।