कम्पनीले यस वर्ष २७ दशमलव ११ प्रतिशत बोनस शेयर र १७ दशमलव २१ प्रतिशत नगद लाभांश दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४८ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३९ करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ८८ लाख खराब कर्जा उठाउन सफल भएको छ । यो कर्जा गत आवको दोस्रो त्रैमासमा रू. ५८ लाख ५० हजार थियो । चूक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ५२ करोड छुट्याएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ हजार ७० कायम भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र सानो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव शून्य १ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८३ दशमलव २२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ७० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार २१ मा टेवा र महँगिएमा रू. १ हजार ३३० मा प्रतिरोध पाउने देखिन्छ ।