कम्पनीले यस वर्षको ६ महीनासम्म रू. २४ करोड ६९ लाखभन्दा बढी नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले रू. १७ करोड ९९ लाखभन्दा बढी नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३७ प्रतिशत बढी भएको छ । बोनस शेयरमार्फत कम्पनीको चूक्तापूँजी ४३ प्रतिशत बढेर रू. १ अर्ब ५४ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १८ प्रतिशत बढी रू. ८० करोड ८९ लाख ९८ हजार कायम भएको छ । यस वर्ष शेयरधनीलाई कम्पनीले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ८५६ कायम भएको छ । अघिल्लो दिनको तुलनामा शेयरमूल्य रू. १२ ले घटेको हो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन लंगलेग्ड डोजी मैनबत्ती आकृति बनेको छ । यो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने वा बढ्नेमा निश्चित संकेत गर्दैन । आरएसआई न्यूट्रल जोन ३८ दशमलव ९१ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४८ दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ८५६ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ८१२ मा टेवा पाउने र महँगिएमा रू. १ हजार ५० मा प्रतिरोध पाउने देखिन्छ ।