कम्पनीले यस वर्ष ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १९ प्रतिशत बढेको छ । कम्पनीले सो अवधिमा रू. ८८ करोड ३८ लाख नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ७३ करोड ७५ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. ८ अर्ब ५४ करोड भएको कम्पनीले जगेडा कोषमा रू. ४ अर्ब ५१ करोड छुट्याएको हो । विहीवार कम्पनीको शेयरमूल्य रू. २४८ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन ड्रागन फ्लाइ डोजी बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिर्भस हुने संकेत गर्दछ । विश्वसनीयता न्यून रहेको छ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव ६१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ४५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. २४८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. २३७ मा टेवा र महँगिएमा रू. २६० मा प्रतिरोध पाउने देखिन्छ ।