यस बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५० करोड ९८ लाख २९ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद नाफा रू. १ अर्ब ४२ करोड ९९ लाख १५ हजार थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा ५ दशमलव ५९ प्रतिशत बढी भएको हो । सञ्चालन मुनाफा ५ दशमलव ५७ प्रतिशत बढेर रू. २ अर्ब १५ करोड ६९ लाख ७९ हजार पुगेको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ४ दशमलव ४८ प्रतिशत बढेको छ । ५ प्रतिशत बोनसपश्चात् बैंकको चूक्तापूँजी रू. ८ अर्ब ८१ करोड २ लाख ७ हजार पुगेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव १६ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २०७ दमलव शून्य ४ रहेको छ । बिहीबारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. ७५१ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन लङ्गलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने वा घट्नेमा अन्योलता रहेको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५५ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४० दशमलव १५ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा १४ दिने औसत मूल्यरेखाकै विन्दुमा छ भने २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ७५१ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ७२४ मा टेवा र महँगिएमा रू. ८१३ मा प्रतिरोध पाउने देखिन्छ ।