हाल यस बैंकको ऋणपत्र विक्रीमा रहेको छ । बैंकले कुल २५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये १० लाख कित्ता सार्वजनिक निष्कासनमार्फत र १५ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । दशवर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने यस ऋणपत्र फागुन २७ गतेसम्म विक्रीमा रहनेछ । यस वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा रू. १ अर्ब ७ लाख रहेको छ । हाल बैंकको चूक्तापूँजी रू. ८ अर्ब ४४ करोड ९२ लाख छ भने जगेडा कोषमा रू. ४ अर्ब १० लाख छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ७३ करोड ६६ लाख ५५ हजार छ । निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको छ । बिहीवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य रू. ४६५ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५२ दशमलव ५० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव ६३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ४६५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४२४ मा टेवा र महँगिएमा रू. ५१६ मा प्रतिरोध पाउने देखिन्छ ।