यस बैंकले दोस्रो त्रैमाससम्म रू. १ अर्ब १४ करोड भन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १६ दशमलव ८४ प्रतिशत बढी नाफा गरेको हो । १० प्रतिशत बोनसपश्चात् बैंकको चूक्तापूँजी रू. ८ अर्ब ८० करोड १३ लाख ८० हजार पुगेको छ । जगेडा कोष रकम ८ प्रतिशत बढी रू. २ अर्ब ४२ करोड २ लाख ५० हजार कायम भएको छ । बैंकले यस वर्ष रू. ९९ अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने रू. ८८ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ९५ करोड भन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव शून्य ६ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ३६४ कायम भएको हो ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो शरीरको स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिश ट्रेन्डमा रिर्भसलको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४८ दशमलव १४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ५२ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै विन्दुमा छन् । बिहीवारको शेयरमूल्य रू. ३६४ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ३५५ मा टेवा पाउने र महँगिएमा रू. ३८६ मा प्रतिरोध पाउने देखिन्छ ।