ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्यान्डर्ड चाटर्ड बैंक : कम्पनी विश्लेषण (मंगलवार, २७ फागुन २०७६)

Mar 10, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस वर्ष २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिएको स्ट्यान्डर्ड चार्टड बैैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. १ अर्ब ३ करोड रहेको छ । बैंकले यस अवधिसम्म रू. १ अर्ब २२ करोड नाफा कमाएको छ । चूक्तापूँजी रू. ८ अर्ब १ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ५ अर्ब ९ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ८० अर्ब ५४ करोड निक्षेप संकलन गरेको छ भने रू. ५४ अर्ब २९ करोड कर्जा प्रवाह भएको छ । प्रतिशेयर आम्दानी रू. ३० दशमलव ६३, मूल्य आम्दानी अनुपात १९ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव शून्य ३ छ । बिहीवार यस बैंकको अन्तिम शेयरमूल्य रू. ७०० कायम भएको छ ।

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन ड्रागन फ्लाइ डोजी बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा अन्योलताको संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५३ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३९ दशमलव ७५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ७०० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६५८ मा टेवा र महँगिएमा रू. ७४५ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)