गत आवको दोस्रो त्रैमासमा रू. १४ करोड ६८ लाख २८ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १४ करोड ६१ लाख ६६ हजार नाफा गरेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफा थोरै प्रतिशतले मात्र घटेको हो । चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफामा कमी आएसँगै कम्पनीको नाफामा कमी आएको हो । कम्पनीको चूक्तापूँजी रू. ८९ करोड ९३ लाख छ । यस वर्ष शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर र १२ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको हो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ७४२ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य अगामी दिनमा घट्ने वा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई न्यूट्रल जोन ४९ दशमलव ५७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशमलव २० विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ७४२ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ६८८ मा टेवा पाउने र महँगिएमा रू. ८७७ मा प्रतिरोध पाउने देखिन्छ ।