कम्पनीले चालू आवको दोस्रो त्रैमासमा चूक्तापूँजी ६६ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष रू. ११ करोड २० लाख चूक्तापूँजी रहेको यस कम्पनीले यस वर्ष चूक्तापूँजी रू. १८ करोड ६४ लाख ५० हजार पु¥याएको छ । आईपीओ र बोनस शेयरमार्फत कम्पनीले शेयर पूँजी बढाएको हो । पूँजी वृद्धि गरेको कम्पनीको नाफामा पनि आकर्षक बृद्धि देखिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २ करोड ४४ लाख ७५ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको यसै अवधिमा रू. १ करोड २० लाख ५५ हजार थियो । गत आवको दोस्रो त्रैमासमा भन्दा चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १०३ प्रतिशत बढी भएको हो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ७५५ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कमपनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३० दशमलव ९० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५० दशमलव २६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ७५५ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ५५६ मा टेवा पाउने र महँगिएमा रू. ८०४ मा प्रतिरोध पाउने देखिन्छ ।