कम्पनीले यस वर्ष ३२ प्रतिशत बोनस शेयर दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीकोे नाफा ३५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. १ करोड ३६ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ करोड नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. १० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ८ करोड ६२ लाख छुट्याएको छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. ८७९ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने र घट्नेमा अन्योलताको संकेत गर्दछ । लगानीकर्तामा पर्ख र हेरको अवस्था सृजना भएको छ । आरएसआई न्यूट्रल जोन ४७ दशमलव १९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव १७ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा दुबै रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ८७९ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ८३२ मा टेवा पाउने र महँगिएमा रू. १ हजार ५५ मा प्रतिरोध पाउने देखिन्छ ।