ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएसडीसी लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, २८ फागुन २०७६)

Mar 11, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर १० प्रतिशत र नगद लाभांश वितरण गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ६१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू.४ करोड ६० लाख नाफा कमाएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ८४ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चूक्तापूँजी रू.६७ करोड १५ लाख छ । कम्पनीले रिर्जभ कोषका लागि रू. ११ करोड ३७ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७३, छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. ४८० कायम भएको छ । 

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४१ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३० दशमलव शून्य ८ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ४८० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४०० मा टेवा पाउने र महँगिएमा रू. ६७५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)