ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समता लघुवित्त : कम्पनी विश्लेषण (बुधवार, २८ फागुन २०७६)

Mar 11, 2020  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चालू आवको पुस मसान्तसम्म समता लघुवित्तले रू. २ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा रू. ७२ लाख १७ हजार थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष कम्पनीले रू. २ करोड ५९ लाख  खराब कर्जा उठाएको छ । खराब कर्जा संकलनमा भएको वृद्धिले पनि नाफा बढाउन सहयोग मिलेको देखिन्छ । पुस मसान्तसम्म कम्पनीले रू. ५ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १ करोड ४६ लाख रहेको छ ।  कम्पनीको चूक्तापूँजी रू. १९ करोड ११ लाख छ । मंगलबार कम्पनीको शेयरमूल्य रू. ७०८ कायम भएको छ । 

कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३७ दशमलव ६२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३३ दशमलव १० विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा दुवै रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ७०८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ५२३ मा टेवा पाउने र महँगिएमा रू. ९१४ मा प्रतिरोध पाउने देखिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)