चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ५ करोड ५७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ३६ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चूक्तापूँजी रू. ३४ करोड १६ लाख छ । रिर्जभ कोषका लागि कम्पनीले रू. १० करोड छुट्याएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई २६ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ८६३ कायम भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४३ दशमलव ८४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलव २१ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम पनि कम हुने र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा दुबै रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ८६३ देखि बजारको अवस्था परीवर्तन भई सस्तिएमा रू. ८२७ मा टेवा पाउने र महंगिएमा रू. ९०८ मा प्रतिरोध पाउने देखिन्छ ।