कम्पनीले यस वर्ष शेयरधनीलाई ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश दिएको हो । चालू आवको ६ महीना (दोस्रो त्रैमास)सम्म कम्पनीले रू. २० करोड ९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २९ प्रतिशतले वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले सो अवधिमा रू. १५ करोड ५१ लाख नाफा कमाएको थियो । कम्पनीको चूक्तापूँजी रू. ५० करोड ४ लाख छ । रिर्जभ कोषमा रू. ८७ करोड २८ लाख छुट्याएको हो । प्रतिशेयर आम्दानी रू. ८० दशमलव ३३ छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १ हजार ५५५ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो छुप्पि र पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४८ दशमलव ४६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६२ दशमलव ६४ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ हजार ५५५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार ४५६ मा टेवा पाउने र महँगिएमा रू. १ हजार ९९० मा प्रतिरोध पाउने देखिन्छ ।