कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४ लाख ४५ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ७३ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २ लाख ५७ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चूक्तापूँजी रू. २ करोड ७६ लाख छ । कम्पनीले हाल सम्ममा आठ ९ ओटा शाखा कार्यलयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ८२५ कायम भएको छ । अघिल्लो दिनको तुलनामा शेयरमूल्य रू. ३१ ले वृद्धि भएको हो ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४३ दशमलव ३६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २८ दशमलव ६४ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ८२५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ७९४ मा टेवा पाउने र महँगिएमा रू. ९६० मा प्रतिरोध पाउने देखिन्छ ।
‘