कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास)सम्म रू. ११ करोड १८ लाख ९१ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ११ करोड ४३ लाख ३३ हजार थियो । गत आवको दोस्रो त्रैमासभन्दा चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १ दशमलव ३५ प्रतिशत कम भएको हो । गत आवको दोस्रो त्रैमासभन्दा चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले पनि नाफामा कमी आएको हो । ५० प्रतिशत हकप्रद शेयरमार्फत रू. ९८ करोड २५ लाख चूक्तापूँजी कायम गरेको कम्पनीको जगेडा कोष रकम करीब ६४ प्रतिशत बढेर रू. ६२ करोड ८८ लाख ४२ हजार पुगेको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ५१५ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव ९२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलव शून्य ७ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ५१५ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४७३ मा टेवा पाउने र महँगिएमा रू. ६४५ मा प्रतिरोध पाउने देखिन्छ ।