कम्पनीले यस वर्ष ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ९ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६१ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५ करोड ७२ लाख नाफा कमाएको थियो । चूक्तापूँजी रू. २६ करोड ४० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २२ करोड ५१ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ७० दशमलव २९ छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १ हजार ६८० कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ३० ले शेयरमूल्य घटेको हो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर र सानो टुप्पी भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कमपनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४३ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८७ दशमलव ८४ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ हजार ६८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार १८१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ५८० मा टेवा पाउने देखिन्छ ।