ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वाभिमान लघुवित्त ; कम्पनी विश्लेषण (बिहीवार, २९ फागुन २०७६)

२०७६ फागुन, २९  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड १२ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफा ३६ प्रतिशतले बढेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८२ लाख ८५ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. २८ लाख ३८ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. ६ करोड १८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३ करोड २५ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४३ छ । बुधवार कम्पनीको शेयरमूल्य रू. १ हजार १०० कायम भएको छ । अघिल्लो दिनको तुलनामा बुधवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो क्लोजिङ मारुबोजु बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव १४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४३ दशमलव ९६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ हजार १०० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ९८२ मा टेवा पाउने र महँगिएमा रू. १ हजार १४४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)