ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सपोर्ट माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, २९ फागुन २०७६)

२०७६ फागुन, २९  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ८ दशमलव ८८ गुणाले वृद्धि भएको छ । यो अवधिमा कम्पनीले रू. ६३ लाख ७७ हजार नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ७ लाख १८ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चूक्तापूँजी रू. ६ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. २ करोड १२ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २१ दशमलव २६ छ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर दिएको छ । बुधवार कम्पनीको शेयरमूल्य रू. ९७० कायम भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा हालको प्रवृत्ति रिभर्स हुने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४९ दशमलव ५६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव ७१ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ९७० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ७८० मा टेवा पाउने र महँगिएमा रू. १०८० मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)