नागरिक लगानी कोषले यस वर्ष पनि गत वर्षकै अनुपातमा लाभांश घोषणा गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । गत वर्ष पनि यहि अनुपातमा कम्पनीले लाभांश दिएको थियो । धितोपत्र बजारलाई सन्तुलनमा राख्न स्टक डीलर कम्पनी सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको यस कम्पनीले शेयरधनीलाई नियमित लाभांश दिँदै आएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण भने कम्पनी हालसम्म सार्वजनिक गरेको छैन । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १२६ ले घटेर रू. २ हजार ६०२ कायम भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव शून्य २८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७४ दशमलव ३९ विन्दुमा छ । उतारचढाव उच्च छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीक हुन