ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल दूरसञ्चार कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, ३० फागुन २०७६)

२०७६ फागुन, ३०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ४ अर्ब ९३ करोड ९१ लाख नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ४ अर्ब ९५ करोड ४६ लाख थियो । कम्पनीको विक्री आम्दानी घटेसँगै नाफामा कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको विक्री आम्दानी रू. १८ अर्ब ४४ करोड रहेकोमा चालू आवको दोस्रो त्रैमासमा रू. १८ अर्ब ३ करोडमा सीमित भएको छ । हाल चूक्तापूँजी रू. १५ अर्ब रहेको कम्पनीको जगेडा कोषमा रू. ७४ अर्ब ३६ करोड छ । प्रतिशेयर आम्दानी रू. ६५ दशमलव ८६ रहेको कम्पनीको बिहीवार अन्तिम शेयरमूल्य रू. ६३३ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिमा गरिएको मैनबत्ती विश्लेषणअनुसार अन्तिम दिन बनेको ओपनिङ ब्ल्याक मारुबोजु मैनबत्तीले शेयरमूल्य घट्ने संकेत गर्दछ । बुधवारको कारोबारमा अन्योलको संकेत गर्ने सामान्य डोजी आकृति बनेको थियो । आरएसआई न्यूट्रल जोन ४३ दशमलव २९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ६३३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६१७ देखि रू. ६२० मा टेवा पाउने र महँगिएमा रू. ६५८ देखि रू. ७३८ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)