ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओरियण्टल होटल : कम्पनी विश्लेषण (शुक्रवार, ३० फागुन २०७६)

२०७६ फागुन, ३०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १० करोड १४ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा नाफामा २४ प्रतिशतले कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १३ करोड ३९ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा पर्यटकको आवागमनमा आएको कमीले नाफा घटेको हो ।  चूक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको कम्पनीले जगेडा कोषका लागि रू. १ अर्ब १० करोड छुट्याएको छ । कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश दिएको हो । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४०१ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन कालो इन्गल्फिङ बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य वियरिशमा रिर्भस हुने संकेत देखाउँछ ।  आरएसआई न्यूट्रल जोन ३३ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव ६०  विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको  शेयरमूल्य रू. ४०१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४२७ मा प्रतिरोध पाउने देखिन्छ । बिहीवार कम्पनीको शेयरमूल्य ६१ दिनयताकै न्यून विन्दुमा पुगेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)