ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सोल्टी होटल : कम्पनी विश्लेषण (शुक्रवार, ३० फागुन २०७६)

२०७६ फागुन, ३०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


चालू आवको ६ महीना (दोस्रो त्रैमास)मा कम्पनीले रू. ११ करोड ५९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासकोे तुलनामा २३ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. १५ करोड १६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । यस वर्ष होटलले आफ्ना ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर दिएको हो । चूक्तापूँजी रू. ७३ करोड २६ लाख छ । जगेडा कोषमा रू. १ अर्ब १ करोड छ । गत आवको दोस्रो त्रैमासमा रू. ८८ करोड आम्दानी गरेको कम्पनी चालू आवको दोस्रो त्रैमासमा रू. ८२ करोडमा सीमित भएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू.१६७ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३३ दशमलव २२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव शून्य ४  विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १६७ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १६६ मा टेवा र महँगिएमा रू. १७७ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)