ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तारागाउँ रिजेन्सी होटल : कम्पनी विश्लेषण (शुक्रवार, ३० फागुन २०७६)

२०७६ फागुन, ३०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्नपीले यस वर्ष १२ प्रतिशत नगद लाभांश दिएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ९४ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा रू. २१ करोड ३८ लाख नाफा कमाएको कम्पनी चालू आवको दोस्रो त्रैमासमा रू. १७ करोड ७६ लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा पर्यटक आगमनमा आएको कमी र अंग्रेजी महीना जुनमा श्रमिकहरूको हड्तालको कारणले होटलका बुकिङ रद्द गर्नु परेकोले कमी आएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चूक्तापूँजी रू. १ अर्ब ८८ करोड छ । कम्पनीको जगेडा कोषमा रू. ७१ करोड ३७ लाख छुट्याइएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू.२५२ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ ।  यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ३४ दशमलव ६१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ६३  विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २५२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. २४८ मा टेवा र महँगिएमा रू. २६४ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)