ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनिलिभर नेपाल : कम्पनी विश्लेषण (शुक्रवार, ३० फागुन २०७६)

२०७६ फागुन, ३०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. २३ करोड ७५ लाख नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको नाफा रू. ३२ करोड ७ लाख थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको नाफा २५ प्रतिशतले घटेको हो । हाल कम्पनीको चूक्तापूँजी रू. ९ करोड २१ लाख छ । कम्पनीले जगेडा कोषमा रू. २ अर्ब छुट्याएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ५६ करोड वस्तु विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब २४ करोड थियो । प्रतिशेयर आम्दानी रू.२५८ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २ हजार २८० छ । पछिल्लो फागुन २२ गतेको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. २१ हजार ५५३ कायम भएको छ ।

कम्पनीको २७ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ६३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६५६ दशमलव ७५ विन्दुमा छ । उतारचढाव उच्च छ । यस्तो अवस्थामा प्रतिफल उच्च हुनुको साथै जोखिम पनि उच्च नै रहन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २१ हजार ५५३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १७ हजार ८४९ मा टेवा र महँगिएमा रू. २२ हजार ४४० मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)