ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपभोक्ता सचेतना आवश्यक छ

२०७६ चैत, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नेत्रप्रसाद सुवेदी महानिर्देशक, वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग
author avatar टीपी भुसाल

विश्व उपभोक्ता अधिकार दिवस, २०७६, ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कोरोना भाइरसको सन्त्रासले नेपालमा पनि उपभोग्य वस्तुको भण्डारमा उपभोक्ताको जोड, आपूर्तिमा केही असहजता बढिरहको सन्र्दभमा उपभोक्ता हितको काम गर्ने सरकारी निकाय क्रियाशील वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसँग विश्व उपभोक्ता अधिकार दिवस, समग्र बजारमा आपूर्तिको अवस्था, अनुगमन र उपभोक्ता सचेतनाको विषयमा आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीको सार :

यो पटक के कस्ता कार्यक्रम गरेर उपभोक्ता दिवस मनाउँदै हुनुहुन्छ ? 
कोरोनाको कारण खास ठूला सभा–सम्मेलन, र्‍याली नगर्ने सरकारको निर्णय र वर्तमान परिस्थितिलाई दृष्टिगत गरेर हामीले यही चैत २ गते  आइतवारका दिन यो दिवसलाई केही संक्षिप्त तर सन्देशका हिसाबले व्यापक होस् भन्ने अभिप्रायले मनाउँदै छौं । दिवस मूल समारोह समितिको तर्फबाट हरेक वर्ष हामीले अन्तरराष्ट्रिय नाराका साथै सोसँग संगति मिल्नेगरी राष्ट्रिय नारा तय गरेर नेपालभर यो दिवस मनाउने गरेका छौं ।

यस वर्ष पनि संघ, प्रदेश र स्थानीय तहका साथै जिल्ला प्रशासन कार्यालय र विभाग मातहतका पाँचओटै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यो दिवस विभिन्न कार्यक्रमका साथ भव्यरूपमा मनाइँदै छ । यसका लागि सम्बन्धित निकायमार्फत परिपत्र भइसकेको  छ । ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ नाराका साथ यो दिवस मनाइँदै छ ।

यसमा हामीले जनचेतना तथा सूचना सम्प्रेषणका लागि पत्रकार सम्मेलन, उपभोक्ता अधिकारका सन्दर्भमा अन्तरक्रिया विभिन्न सञ्चार माध्यमबाट परिसंवाद कार्यक्रम प्रसारण गर्ने जस्ता कार्यक्रम आयोजना गर्दै छौं । यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको प्रमुख आतिथ्यमा विश्व उपभोक्ता अधिकार दिवस–२०७६ मूल समारोह समितिले उपभोक्ता तथा अधिकारकर्मीको उपस्थितिमा विभाग परिसरमा औपचारिक कार्यक्रम गर्नेछ । दिवसको अवसरमा विभागबाट सचेतनासम्बन्धी पर्चा तथा पम्प्लेट, स्टिकर र बुलेटिन प्रकाशन गरी मूल समारोह समितिको कार्यक्रममा लोकार्पण गरिनेछ । 

कुनै एक दिन मनाइने दिवस र कार्यक्रमले तात्विक फरक पार्ला र ? 
विश्व उपभोक्ता अधिकार दिवस मनाउने सन्दर्भमा मात्र नभई सधैंभरि नै उपभोक्ता सचेतना अभिवृद्धि तथा उपभोक्ता अधिकारको पैरवी र आवश्यक छ । यसमा हामीले काम पनि गरिरहेका छौं । उपभोक्ता आफैमा व्यापक विषय हो । हामी सबै उपभोक्ता नै हौं । यसमा सरकारले मात्र गरेर राम्रो हुने होइन । यसमा विभिन्न सरोकारवाला निकायको पनि सहयोग र समन्वय आवश्यक छ । त्योभन्दा ठूलो कुरा उपभोक्तामा सचेतना महत्वपूर्ण विषय हो । जबसम्म उपभोक्तामा कनै पनि विषयमा यस्तो ‘किन’ भन्ने प्रश्न गर्ने बानीको विकास हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको प्रयासले समस्याको समाधान हुन सक्दैन । यद्यपि यस्ता दिवसले आम उपभोक्तालाई सतेत बनाउने काम गर्छ नै । सचेतना कुनै एउटा कार्यक्रमले भन्दा पनि निरन्तरको अभ्यास र भोगाइले प्राप्त हुने कुरा हो । यस्ता कार्यक्रमबाट त्यसमा पक्कै पनि सहयोग पुग्छ ।

यस वर्ष तय गरिएको राष्ट्रिय नारा ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलतॉ भन्ने छ । तर बजारमा भने अहिले न गुणस्तर न त सहजता नै देख्न सकिन्छ । दिवस केवल दिवसको रूपमा सीमित भएजस्तो लाग्दैन ? 
उपभोग्य वस्तुको प्रतिस्पर्धाले गुणस्तर बढाउँछ भने उत्पादन वृद्धि  हुँदा सहजता पनि बढ्छ । अहिले उपभोक्ताको चेतना स्तर र उत्पादन बढेकाले यी दुवै कुरा केही न केही रूपमा भएकै छन् । अहिलेको कुरा गर्दा कोरोनाको कारणभन्दा पनि कोरोनाको मनोवैज्ञानिक त्रासले गर्दा उपभोक्ताले ग्यास र खाद्यान्न भण्डार गर्ने प्रवृत्ति बढेको देखिन्छ । तर अवस्था त्यस्तो छैन । मास्क लगाउने विषयमा सबैले लगाउने हो भन्ने उपभोक्ताको बुझाइ देखियो । त्यो हाइन रहेछ, विशेषगरी बिरामी भेट्न, रुघाखोकी लागेको अवस्थामा लगाउने हो । सबैले लगाउन थालेपछि अभाव देखियो । बुझ्दै जाँदा अब त्यो अवस्था हट्दै छ । अन्य उपभोग्य वस्तुमा कुनै समस्या छैन । अभावले भन्दा पनि बढी जगेडा राख्ने प्रवृत्तिले ग्यास अभाव जस्तो देखिएको थियो । यो पनि अहिले समाधान भइसकेको छ । केही ग्यास उद्योगहरूको सन्दर्भमा बढी उपभोक्ता भएकाले समस्या देखिए पनि एक दुई दिनमै समाधान हुन्छ । 
 

उपभोक्ता अधिकारको क्षेत्रमा सिंगो राज्यसंयन्त्र छ, कानून छ । विभिन्न संघसंस्था लागिपरेका छन् । तर पनि उपभोक्ता भने सधैँ ठगिएको गुनासो गर्छन् । सरकारी संयन्त्र र त्यो क्षेत्रमा काम गर्ने संस्थाहरूको काम प्रभावकारी हुन नसकेको हो ? 
योे एकीकृत प्रयास हो । सबैले सहयोग गर्दा नै बजारमा सहजता आउने हो । कानूनको परिपालना हामी सबैको कर्तव्य हो । विभागले आफ्नो ढंगले काम गरेकै छ । यस्तै अन्य निकायले पनि आआफ्नो ढंगले काम गरेकै छन् । वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग संघीय सरकारको एउटा सानो विभाग मात्र हो । हामीलाई नीति बनाऊ, कानूनमा कुनै अस्पष्टता छ भने त्यो हटाऊ र कानून प्रत्यायोजन गर र भन्ने हो । यो सानो संरचना भएको विभाग आफैले सबै गर्ने पनि होइन । जनशक्ति थप गर्ने भने पनि हामीले अन्य सरकारी निकायको सहयोग लिएरै काम गर्ने हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)