ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइफ इन्स्योरेन्स कर्पोरेशन : कम्पनी विश्लेषण (सोमवार, ३ चैत २०७६)

२०७६ चैत, ३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


चालू आर्थिक वर्षको ६ महिनासम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले रू. ७ अर्ब ६९ करोड ७७ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले रू. ५ अर्ब ८१ करोड १३ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीले रू. १ अर्ब ८४ करोड ८५ लाखभन्दा बढी दाबी भुक्तानी गरेको छ । चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ । जीवन बीमा कोषमा रू. ६१ अर्ब ९ करोड ७१ लाखभन्दा बढी रहम रहेको छ । कम्पनीको नाफा पनि यस वर्ष रू. ७ करोड ६८ लाख ४१ हजार भएको छ । प्रतिशेयर आम्दानी रू. ३ दशमलव ८२ रहेको कम्पनीको आइतवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. १ हजार २८१ कायम भएको छ । यस दिन रू. ११९ ले शेयरमूल्य घटेको हो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मैनबत्ति आकृति बनेको छ । कालो मैनबत्तिले शेयर मूल्य घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४१ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७४ दशमलव २५ विन्दुमा छ । उतारचढाव सामान्य देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १ हजार २८१ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १ हजार २१० मा टेवा र महँगिएमा रू. १ हजार ४३४ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)