यस कम्पनीले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ नगद लाभांश ( कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि चैत ४ गते देखि बुक क्लोज गर्ने तयारी कम्पनीको छ । यस वर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड ७४ लाख नाफा कमाएको चुक्ता पूँजी रू. १ अर्ब ९ करोड छ । दोस्रो त्रैमाससम्ममा बीमा कोषमा रू. १४ करोड १३ लाख जम्मा भएको छ । यस अवधिसम्म कम्पनीले रू. ६२ करोड १ लाख बीमाशुल्क आर्जन गरेको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ९६ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ६० रहेको कम्पनीको आइतवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. ३३ ले घटेर ४०२ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन लामो टुप्पी र छोटो पुच्छर भएको कालो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलव ३३ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिक हुन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ४०२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ३६८ मा टेवा र महँगिएमा रू. ४६५ मा प्रतिरोध पाउने देखिन्छ ।