ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, ३ चैत २०७६)

२०७६ चैत, ३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


यस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १५ करोड ६० लाख नाफा कमाएको छ । चुक्ता पूँजी रू. २ अर्ब ७९ लाख रहेको कम्पनीले सोही पूँजीको आधारमा बोनस शेयर दिन लागेको हो । कम्पनीको जगेडा कोषमा रू. १ अर्ब ४ करोड रहेको कम्पनीले यस अवधिसम्म रू. १ अर्ब ५९ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको हो । आइतवार कम्पनीको शेयर मूल्य रू. ५५ ले घटेर रू. ५३३ कायम भएको हो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन सानो पुच्छर भएको कालो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४८ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २७ दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिक भएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ५३३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ५०३ मा टेवा र महँगिएमा रू. ६०४ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)