कम्पनीले यस वर्ष लाभांश नबाड्ने भएको छ । एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पर्दा मुनाफाबाट लाभांश वितरण गर्न नमिल्ने भएको जानकारी कम्पनीले गराएको हो । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्न नमिल्ने निर्णय गरेको थियो । चालू आवको दोस्रो त्रैमासमा कमपनीको नाफा ५१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ८ करोड ९३ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ८८ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी २२ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो । चुक्ता पूँजी रू. १ अर्ब ७ करोड रहेको छ । आइतबार कम्पनीको शेयर मूल्य रू.५१९ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन सानो टुप्पी र पुच्छर भएका कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३६ दशमलव ९२ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २९ दशमलव ४१ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतबारको शेयरमूल्य रू. ५१९ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४२० मा टेवा र महँगिएमा रू. ५९७ मा प्रतिरोध पाउने देखिन्छ ।