ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रुडेन्सियल इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, ३ चैत २०७६)

२०७६ चैत, ३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ६ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले कमी आएको हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ८३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । पूँजी वृद्धिका लागि कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । जसमा फागुन १८ गतेदेखि चैत २३ गतेसम्म निवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड १५ लाख छ । ६० प्रतिशत हकप्रद शेयर बाँडफाँट पछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । आइतबार कम्पनीको शेयर मूल्य रू. ४२४ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. ३१ ले घटेको हो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३४ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशमलव ५६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतबारको शेयरमूल्य रू. ४२४ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४१० मा टेवा र महँगिएमा रू. ४८८ मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)