ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ इन्स्योरेन्स ; कम्पनी विश्लेषण (सोमवार, ३ चैत २०७६)

२०७६ चैत, ३  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found


चालू आवको छ महिना(दोस्रो त्रैमास) मा कम्पनीले रू. ९ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ८ करोड ९८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब छ । जगेडा कोषमा रू. २० करोड ७५ लाख छुट्याएको छ । बीमा कोषमा रू. ७२ करोड ३२ लाख जम्मा भएको हो । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो । दोस्रो त्रैमासमा कम्पनीले पुर्नबीमाबाट रू. १७ करोड ६७ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो । आइतबार कम्पनीको शेयर मूल्य रू. ५०८ कायम भएको छ । 

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ कालो मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत देखाउँछ ।  आरएसआई न्यूट्रल जोन ३८ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १९ दशमलव ६३  विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । आइतबारको शेयरमूल्य रू. ५०८ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ४७१ मा टेवा र महँगिएमा रू. ५६०  मा प्रतिरोध पाउने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)