प्रतिशेयर आम्दानी रू. २०१ रहेको यस कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख छ । यस आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले रू. २४ करोड ३२ लाख २० हजार नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू.२० करोड ९७ लाख ३९ हजार थियो । यस वर्ष सञ्चालन आम्दानी रू. २ अर्ब ७१ करोड भन्दा बढी भएको छ । गत वर्ष रू. २ अर्ब ५६ करोडभन्दा बढी सञ्चालन आम्दानी भएको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू.२ अर्ब ३८ करोडभन्दा बढी छ । यस वर्ष कम्पनीले प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरण गरेको छ । सोमबार कम्पनीको अन्तिम शेयरमूल्य रू. ६ हजार ३०१ कायम भएको छ ।
कम्पनीको ४६ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मारुबोजु आकृती बनेको छ । कालो मैनबत्तिले शेयर मूल्य घट्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४७९ विन्दुमा छ । उतारचढाव उच्च देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ६ हजार ३०१ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ६ हजार १३८ मा टेवा र महँगिएमा रू. ७ हजार ४२३ मा प्रतिरोध पाउने देखिन्छ ।