तीन जिल्ले कार्यक्षेत्र रहेको यस कम्पनीले हाल चार शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । हाल रू. ३७ करोड ५ लाख ५० हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. २२ करोड ५४ लाख भन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. २ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ । निश्क्रिय कर्जा २३ दशमलव शून्य ५ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ७ दशमलव ६८ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. २२ करोड ५८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म कम्पनीको लगानीमा रू. १५ करोड ७९ भन्दा बढी छ । कम्पनीले रू. २९ करोड ३९ भन्दा बढी कर्जा प्रवाह गरेको छ । सोमबार कम्पनीको अन्तिम शेयरमूल्य रू. १२० कायम भएको छ ।
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु आकृती बनेको छ । कालो मैनबत्तिले शेयर मूल्य बढ्ने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३७ दशमलव २० विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ३९ विन्दुमा छ । उतारचढाव न्यून देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १२० देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. १११ मा टेवा र महँगिएमा रू. १२९ मा प्रतिरोध पाउने देखिन्छ ।