चालू आवको छ महिनासम्ममा ग्रीन डेभलपमेण्ट बैंकले रू. १ करोड ४ लाख नाफा कमाएको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले रू. १ करोड ८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । जगेडा कोषमा रू. १ करोड ९२ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३० करोड निक्षेप संकनल गरेको छ भने रू. १ अर्ब १० करोड कर्जा प्रवाह भएको हो । प्रतिशेयर आम्दानी रू. ४ दशमलव १७ रहेको यस कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ३२ प्रतिशत छ । सोमवारको कारोबारमा अन्तिम शेयरमूल्य रू. ११३ कायम भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिन सामान्य डोजी आकृती भएको मैनबत्ति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य अन्योल रहने सङ्केत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३४ दशमलव ४१ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६० विन्दुमा छ । उतारचढाव न्यून देखिन्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । २६ दिने औसत मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई तलदेखि काटेर माथी गएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ११३ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. ११२ मा टेवा र महँगिएमा रू. १२२ मा प्रतिरोध पाउने देखिन्छ ।